काठमाडौं — ट्राफिक नियम उल्लंघन गर्ने २,०९३ चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। यसबाट करिब २० लाख रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा राइड सेयरिङ, लेन उल्लंघन, तीव्र गति र ट्राफिक संकेत नमान्ने चालक बढी परेका छन्। ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रण र व्यवस्थापन सुधारका लागि निगरानी थप कडा बनाएको जनाएको छ।


