Friday, June 05, 2026
Home > स्थानीय समाचार > मोरङमा मल अभाव: दिनभर लाइन बसेपछि किसान रित्तो हात फर्किन बाध्य

मोरङमा मल अभाव: दिनभर लाइन बसेपछि किसान रित्तो हात फर्किन बाध्य

विराटनगर — मोरङ कानेपोखरी गाउँपालिकामा मल लिन दिनभर लाइन बसेका किसानहरू अन्त्यमा रित्तो हात फर्किन बाध्य भएका छन्।

कानेपोखरी गाउँपालिका–५ भंसावारीका किसान मोहन धिमालसहित करिब ४ सय किसान साना किसान कृषि सहकारीमा मल सकिएपछि खाली हात फर्किनुपरेको हो।

किसानहरूले मल वितरणमा अपारदर्शिता र सूचनाको अभाव भएको आरोप लगाएका छन्। सहकारीले भने सीमित मात्रामा मल आएको र त्यही अनुसार वितरण गरिएको जनाएको छ।

प्रदेशमा पर्याप्त मौज्दात भए पनि कोटा र वितरण प्रक्रियाका कारण मल किसानको खेतसम्म नपुगेको भन्दै समस्या दोहोरिँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *