विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा कोशी प्रदेशबाट ८ जना उद्यमी निर्वाचित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ को निर्वाचनमा जिल्लानगर, भूगोल, एसोसिएट र वस्तुगत संघतर्फ कोशीका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन्।
जिल्लानगर खुलातर्फबाट उदयपुरका प्रयास कार्की, पाँचथरका दीपक नेपाल र दमकका गोकुल श्रेष्ठ विजयी हुनु भएको छ । यस्तै संस्थापक सदस्यतर्फ सुनसरीका गोपाल श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
कोशी प्रदेश भूगोलतर्फ इटहरीका जीवन पराजुली र त्रियुगाका रमेश रसाइली विजयी हुनु भएको छ । त्यसैगरी, एसोसिएट सदस्यतर्फ विराटनगरका सुयशराज प्याकुरेल र वस्तुगत संघतर्फ झापाका राजकुमार कार्की कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनु भएको छ । यससँगै महासंघको केन्द्रीय नेतृत्वमा कोशी प्रदेशको प्रतिनिधित्व अझ सुदृढ भएको छ।


