Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरान–अमेरिका तनावमा ब्रेक : ‘अपरेशन एपिक फ्युरी’ सकिएको घोषणा

इरान–अमेरिका तनावमा ब्रेक : ‘अपरेशन एपिक फ्युरी’ सकिएको घोषणा

काठमाडौं । मार्को रुबियोले इरानविरुद्ध अमेरिकाले सञ्चालन गरेको आक्रामक सैन्य अभियान ‘अपरेशन एपिक फ्युरी’ समाप्त भएको घोषणा गरेका छन्। ह्वाइट हाउसमा आयोजित ब्रिफिङमा उनले करिब दुई महिना लामो अभियानको उक्त चरण पूरा भएको जानकारी दिएका हुन्।

अब अमेरिका रक्षात्मक रणनीतिमा सरेको बताउँदै उनले होर्मुज जलमार्गमा आवतजावत सुरक्षित बनाउने र इरानी बन्दरगाहमा नाकाबन्दी लागू गर्नेमा ध्यान केन्द्रित हुने बताए।

रुबियोका अनुसार अब अमेरिका पहिलो आक्रमण नगर्ने तर हमला भए कडा जवाफ दिने नीति लिनेछ। हालसम्म उक्त द्वन्द्वका कारण कम्तीमा १० सर्वसाधारणको ज्यान गएको पनि पुष्टि गरिएको छ।

यो घोषणासँगै अमेरिका–इरान प्रत्यक्ष द्वन्द्वको एक चरण अन्त्यतर्फ पुगेको संकेत मिले पनि क्षेत्रीय तनाव भने अझै संवेदनशील रहेको विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *