भारतको केदारनाथ मन्दिर परिसरमा नेपाली युवाहरूले राष्ट्रिय एकताको सन्देश दिएका छन्। उनीहरूले मन्दिरको अगाडि उभिएर नेपालका झण्डा र विभिन्न व्यक्तित्वहरूको तस्वीरसहितको ब्यानर प्रदर्शन गरेका थिए।
युवाहरुले देशको शान्ति, समृद्धि र राजनीतिक स्थिरताको कामना गरेका छन्। उनीहरूले नेपालप्रति प्रेम र ऐक्यबद्धताको भावना व्यक्त गरेका छन् ।


