काठमाडौंका खोला किनारबाट हटाइएका सुकुमबासी परिवार अहिले विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन्। खाना र बस्ने व्यवस्था भए पनि स्थायी बसोबास, रोजगारी र भविष्यको चिन्ताले उनीहरू तनावमा छन्।
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीहरूले सरकारले तत्काल उचित आवास, नागरिकता र रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।







