Friday, June 05, 2026
Home > मुख्य समाचार > पोखरा विमानस्थल अनियमितता प्रकरणमा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल अनियमितता प्रकरणमा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताबारे पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शंकर अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो। आरोपअनुसार चिनियाँ ठेकेदार कम्पनी सीएमसीलाई सम्झौताविपरीत करछुट दिइएको थियो।

मुद्दामा करिब ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *