काठमाडौं — हर्क साम्पाङ ले संवैधानिक परिषद्बाट भएको प्रधानन्यायाधीश सिफारिसप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले वरीयता मिचिएको र प्रक्रिया छलिएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
साम्पाङले उपसभामुखको भूमिकामाथि समेत टिप्पणी गर्दै निर्णय प्रक्रियामा विधि उल्लंघन भएको दाबी गरेका छन्। उनले यो कदम सुशासन र न्यायिक स्वतन्त्रतामाथि प्रहार भएको बताएका छन् ।


