Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कृषि अनुसन्धानलाई बजेट अभाव हुन दिइने छैन : सचिव मिश्र

कृषि अनुसन्धानलाई बजेट अभाव हुन दिइने छैन : सचिव मिश्र

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका कार्यक्रमका लागि बजेटको अभाव हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्।

सचिव मिश्रका अनुसार कृषि अनुसन्धानसम्बन्धी प्रस्तावहरू आएमा सरकारले छिटो बजेट सुनिश्चित गर्नेछ। साथै, मन्त्रालयअन्तर्गतका रिक्त दरबन्दी पूर्ति गर्दै जनशक्ति अभाव हुन नदिने नीतिगत तयारी भइरहेको पनि उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *