काठमाडौं । श्रम संस्कृति पार्टी प्रवेश गरेका नेता सुदन किराँतीले सत्तारुढ दल रास्वपाले राम्रो काम गर्न नसके देशको जिम्मा आफ्नो पार्टीले लिन तयार रहेको बताएका छन्।
शुक्रबार आयोजित कार्यक्रममा उनले जनताको आदेशअनुसार आफूहरू एकताबद्ध भएको भन्दै विगतका गल्ती सच्याएर अघि बढ्ने बताए।
किराँतीले रास्वपालाई जनादेशअनुसार काम गर्न सुझाव दिँदै असफल भए श्रम संस्कृति पार्टी विकल्प बन्न तयार रहेको चेतावनीसमेत दिएका छन्।


