Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको आपत्ति, स्तरोन्नतिको माग

छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको आपत्ति, स्तरोन्नतिको माग

सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने सरकारको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण जनाएको छ।

रास्वपा सिरहाले भन्सार कार्यालय हटाउनुको सट्टा यसलाई आधुनिक र सुविधासम्पन्न संरचनामा विकास गर्न सरकारसँग माग गरेको छ। पार्टीले सीमा व्यापार र स्थानीय आवश्यकतालाई ध्यानमा राख्नुपर्ने जनाएको छ।

यद्यपि, रास्वपाले आन्दोलन वा प्रदर्शन नगरी संयमित रूपमा सम्बन्धित निकायमार्फत माग अघि बढाउन आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *