काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विद्यालयले बढी शुल्क लिएको विषयमा कारबाही गर्ने जिम्मेवारी स्थानीय तहको रहेको बताएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मापदण्डभन्दा बढी शुल्क असुल्ने विद्यालयलाई स्थानीय तहले नै नियमन र कारबाही गर्नुपर्ने स्पष्ट पारे।
संघीय सरकार आवश्यक परे सहयोग गर्न तयार भए पनि मुख्य दायित्व स्थानीय सरकारकै हुने मन्त्री पोखरेलको भनाइ छ। उनले यस विषयमा स्थानीय तहका प्रतिनिधिसँग छलफल भइसकेको पनि जानकारी दिए।


