Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्वासी बस्तीमा सरकारको ‘बर्बरता’ : गगन थापाको आरोप, प्रतिवादको निर्देशन

सुकुम्वासी बस्तीमा सरकारको ‘बर्बरता’ : गगन थापाको आरोप, प्रतिवादको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्वासी बस्तीमाथि बर्बरतापूर्वक कारबाही गरेको आरोप लगाएका छन्।

सानेपास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको कदमलाई क्रूर र अमानवीय भन्दै प्रतिपक्षी नेता–कार्यकर्तालाई यसको प्रतिवाद गर्न निर्देशन दिए।

थापाले बल प्रयोग गर्दा पनि राज्यले नागरिकको पीडा र न्यायलाई बेवास्ता गरेको आरोप लगाए।

उनले संसदमा तथ्य र प्रमाणसहित विषय उठाउन पनि आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *