Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > समानुपातिक चुनाव खर्च सार्वजनिक, रास्वपा सबैभन्दा अगाडि

समानुपातिक चुनाव खर्च सार्वजनिक, रास्वपा सबैभन्दा अगाडि

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको चुनावी खर्च विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार सबैभन्दा धेरै खर्च राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको छ, जसले करिब २ करोड ११ लाख रुपैयाँ खर्च गरेको देखिएको छ।

नेपाली कांग्रेसले करिब १ करोड ९६ लाख रुपैयाँ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि करिब १ करोड ९६ लाख रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएका छन्।

अन्य दलहरूमा एमालेले करिब ७५ लाख रुपैयाँ, नेकपा (माओवादी केन्द्र) ले करिब १९ लाख रुपैयाँ र श्रम संस्कृति पार्टीले करिब १६ लाख रुपैयाँ खर्च गरेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *