प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैशाख २८ देखि जेठ १ सम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ।
अभियानको उद्घाटन काठमाडौंस्थित वीर अस्पतालबाट हुने र सबै संघीय, प्रदेश तथा स्थानीय तहका कार्यालयहरू सहभागी हुने बताइएको छ। सरकारी कार्यालयलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सरसफाइ, फोहोर व्यवस्थापन र सेवाग्राहीमैत्री सुधारका मापदण्ड लागू गरिनेछ।


