Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बराह सहकारी पीडितले रास्वपालाई गुहारे, ११ अर्ब फिर्ता माग

बराह सहकारी पीडितले रास्वपालाई गुहारे, ११ अर्ब फिर्ता माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारीका पीडितहरूले डुबेको रकम फिर्ता गराउन पहल गर्न माग गरेका छन्।

पीडितहरूले करिब ८–१० हजार बचतकर्ताको झन्डै ११ अर्ब रुपैयाँ फसेको दाबी गर्दै काठमाडौं पुगेर ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले चुनावका बेला गरिएको “१०० दिनभित्र बचत फिर्ता” गर्ने वाचा स्मरण गराएका छन्।

सहकारीका सञ्चालकहरू फरार रहेको र सरकारी निकायबाट ठोस समाधान नआएको भन्दै पीडितहरू संघीय तहबाट तत्काल पहलको माग गर्दै दबाब बढाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *