Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारले ल्यायो नयाँ भन्सार नियमावली, पुरानो व्यवस्था खारेज

सरकारले ल्यायो नयाँ भन्सार नियमावली, पुरानो व्यवस्था खारेज

अर्थ मन्त्रालयले ‘भन्सार नियमावली, २०८३’ लागू गर्दै १७ वर्ष पुरानो नियमावली खारेज गरेको छ।

नयाँ नियमावलीले भन्सार प्रक्रियालाई डिजिटल र छरितो बनाउने उद्देश्य राखेको छ। अब एकद्वार प्रणालीमार्फत सबै इजाजत प्रक्रिया अनलाइन हुने र कागजी झन्झट घटाइने बताइएको छ।

त्यस्तै, जोखिम मूल्यांकनका आधारमा सामानलाई विभिन्न मार्ग (हरियो, पहेँलो, रातो) मा वर्गीकरण गरी छिटो जाँचपास गर्ने व्यवस्था गरिएको छ। इमानदार व्यवसायीका लागि विशेष छुट्टै छिटो जाँचपास प्रणाली पनि लागू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *