काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर ले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता र योग्यताको आधारमा गरिएको बताएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले न्याय प्रणालीमा ढिलासुस्तीप्रति जनगुनासो बढ्दै गएको उल्लेख गरिन्। दलगत आधारमा नियुक्ति हुँदा न्याय प्रणाली कमजोर बन्ने भन्दै उनले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली लोकतन्त्रको आधार भएको बताइन्।
उनले आफ्नो स्टाटसमा प्रधानन्यायाधीशका उम्मेदवारबारे OpenAI को ChatGPT बाट तयार गरिएको टिप्पणीको स्क्रीनसट समेत साझा गरेकी छन्।


