अमेरिका र इरानबीच अर्को हप्ता पुनः वार्ता सुरु हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
वार्तामा इरानको आणविक कार्यक्रम, क्षेत्रीय तनाव र उच्च सम्बर्धित युरेनियम व्यवस्थापनका विषयमा छलफल हुने बताइएको छ। केही महत्वपूर्ण विषयमा अझै सहमति हुन बाँकी रहे पनि दुवै पक्ष संवादलाई अघि बढाउने प्रयासमा रहेका छन्।


