राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसलाई असंवैधानिक भन्ने दाबीप्रति असहमति जनाउँदै प्रक्रिया संविधानअनुसार भएको बताएका छन्।
प्रशिक्षण कार्यक्रममा उनले संवैधानिक परिषद्बाट गरिएको सिफारिस वैध भएको दाबी गर्दै यसलाई विवाद बनाउनु उचित नभएको बताए। साथै, संविधानको व्यवस्था बुझेर मात्रै टिप्पणी गर्नुपर्ने उनको भनाइ छ।


