काठमाडौँमा जेठ ८ देखि १५ सम्म काभा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ। नेपाल भलिबल संघले दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता गर्ने जनाएको छ।
प्रतियोगितामा नेपालसहित इरान, भारत, श्रीलंका, बंगलादेश, काजाकिस्तान, किर्गिस्तान र माल्दिभ्स गरी ८ देश सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय भलिबल महासंघअन्तर्गत हुने भएकाले यसको नतिजाले विश्व वरीयतामा समेत प्रभाव पार्नेछ।
संघका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ र नेपाली टोली अहिले १६ खेलाडी सहित प्रशिक्षणमा छ। प्रतियोगिताको कुल बजेट करिब २ करोड ५० लाख रुपैयाँ रहनेछ।


