Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्सेमा उच्च गिरावट, ३९ अंकले घट्यो बजार

नेप्सेमा उच्च गिरावट, ३९ अंकले घट्यो बजार

काठमाडौं — लगातार तीन दिनको वृद्धि पछि मंगलबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा झरेको हो।

कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा २५१ कम्पनी घाटामा रहे भने १३ कम्पनीको मूल्य मात्रै बढ्यो।

मंगलबार ६२ हजारभन्दा बढी कारोबारमार्फत ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *