Friday, June 05, 2026
Home > आर्थिक समाचार > काठमाडौँमा सुनको मूल्यमा भारी उछाल, तोलामा १४,६०० ले वृद्धि

काठमाडौँमा सुनको मूल्यमा भारी उछाल, तोलामा १४,६०० ले वृद्धि

काठमाडौँ – केही दिनदेखि घटिरहेको सुनको मूल्य आज एक्कासी बढेको छ।

आज सुन तोलामा रु १४ हजार ६०० ले वृद्धि भई प्रतितोला रु २ लाख ८८ हजार ५०० पुगेको छ। चाँदीको मूल्य पनि रु ४१५ ले बढेर प्रतितोला रु ४ हजार ९२० कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार अन्तरराष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उच्च दरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *