काठमाडौँ — राइड–सेयरिङ कम्पनी पठाओ नेपालका प्रबन्धनिर्देशकको जिम्मेवारी यशु थकालीले सम्हालेका छन्। यसअघि जिम्मेवारीमा रहेका असीममान बस्न्यात बाहिरिएको थियो।
थकाली सुरुदेखि नै पठाओसँग आबद्ध छन्। फाइनान्स, डेटा साइन्स, सञ्चालन र फुड बिजनेसमा काम गर्दै उनले विभिन्न भर्टिकल सफलतापूर्वक नेतृत्व गरेका छन्। बंगलादेशमा पठाओको बजार हिस्सा बढाउने काम पनि उनले गरेका थिए।
थकालीले नेपालमा उबरसँग प्रतिस्पर्धा गर्दै राइड–सेयरिङ तथा डिजिटल अर्थतन्त्र विस्तार गर्ने योजना अघि बढाउने बताएका छन्।


