काठमाडौँ — श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको सुरक्षा गर्न नसकेको भन्दै जनताले सरकारबाटै असुरक्षित महसुस गरिरहेको बताएका छन्।
प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा सांसदहरूको प्रश्नको उत्तर नदिएको भन्दै आलोचना गरे। साम्पाङले सीमा सुरक्षा र जनताको जीउधनको रक्षा गर्न नसक्ने सरकारलाई सफल भन्न नसकिने टिप्पणी पनि गरे।


