काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन्।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई पदबाट हटाएका हुन्।
पदमुक्त गर्नुअघि सभामुखले राईसँग स्पष्टीकरण मागेका थिए। राई तत्कालीन सभामुख देवराज घिमिरेको कार्यकालमा नियुक्त भएका थिए।


