Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नीति तथा कार्यक्रममा पुरानै भाषा दोहोरिँदा प्रहरीको आशा निराश

नीति तथा कार्यक्रममा पुरानै भाषा दोहोरिँदा प्रहरीको आशा निराश

काठमाडौँ — सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुरक्षाकर्मीको अपेक्षा अनुसार ठोस नयाँ कार्यक्रम नआएको भन्दै प्रहरीभित्र निराशा देखिएको छ।

नीति तथा कार्यक्रममा साइबर सुरक्षा र डिजिटल ठगी अनुसन्धानका लागि नयाँ इकाइ बनाइने उल्लेख भए पनि साइबर ब्युरो र आर्थिक अपराध महाशाखाजस्ता पहिले नै रहेका संरचनालाई सुदृढ गर्ने स्पष्ट योजना नआएको प्रहरी स्रोतले जनाएको छ। सुरक्षा जनशक्तिको प्रोत्साहन र उत्साह बढाउने कार्यक्रमसमेत कमजोर रहेको टिप्पणी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *