अर्घाखाँची — पाणिनी गाउँपालिका–८ कुरुलेफाँटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने २७ जना घाइते भएका छन्।
सुपा देउराली दर्शन गरेर फर्किँदै गरेको बस ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रारम्भिक अनुमान छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


