काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह को अनुपस्थितिबारे प्रश्न उठाइएको छ।
नेपाली कांग्रेसका सचेतक निष्कल राई ले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखलाई रुलिङ गर्न माग गरेका छन्।
उनले नीति तथा कार्यक्रममाथिको छलफल र जवाफ दिने कार्यसूची भए पनि प्रधानमन्त्रीलाई संसदमा नदेखिएको भन्दै आपत्ति जनाएका हुन्।


