काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका १७ निकायमा रिक्त ४७ पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ। इच्छुक नेपालीले जेठ ६ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
अध्यादेशपछि रिक्त बनेका नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, लुम्बिनी विकास कोष, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत निकायका विभिन्न पदमा आवेदन खुला गरिएको मन्त्रालयले जनाएको छ।


