सुर्खेत । अनलाइन बेटिङ र बैंक खाता दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत का अनुसार पक्राउ परेकामाथि बैंकिङ कसुर, जुवा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत अनलाइन जुवा सञ्चालनका लागि बैंक खाताहरू प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।


