काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रियसभामा पेस गरिएको छ।
बुधबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल सुरु भएको हो।
यस क्रममा १९ सांसदले आठवटा संशोधन प्रस्ताव दर्ता गरेका छन्।


