काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन्।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन्।
निजामती सेवामा २४ वर्षको अनुभव भएका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्। यसअघि सचिव रहेका हर्कराज राई मंगलबार पदमुक्त भएका थिए।


