Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इन्धन खपत घट्दा निगमलाई करिब ३.२ अर्ब घाटाबाट राहत

इन्धन खपत घट्दा निगमलाई करिब ३.२ अर्ब घाटाबाट राहत

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक विदा लागू गरेपछि देशभर पेट्रोल र डिजेलको खपतमा उल्लेख्य गिरावट आएको छ। खपत घटेसँगै नेपाल आयल निगमलाई करिब ३ अर्ब २० करोड रुपैयाँ अतिरिक्त घाटा हुनबाट जोगिएको देखिएको छ।

आयल निगमका तथ्याङ्क अनुसार विदाअघि र पछिको २१–२१ दिनको अवधिमा पेट्रोल खपत करिब १०.४५ प्रतिशत र डिजेल खपत करिब ३०.६३ प्रतिशतले घटेको छ। डिजेलको खपतमा आएको ठूलो गिरावटका कारण निगमको सम्भावित घाटा उल्लेख्य रूपमा कम भएको हो।

यद्यपि, निगमका अधिकारीहरूले खपत घट्नुको कारण केवल दुई दिने विदा मात्र नभएको बताएका छन्। विकास निर्माण कार्य सुस्त हुनु, निर्माण क्षेत्रमा गतिविधि घट्नु, विद्यालय बिदा तथा औद्योगिक उत्पादनमा कमी आउनु जस्ता कारणले पनि इन्धनको माग घटेको विश्लेषण गरिएको छ।

समग्रमा नीति, आर्थिक गतिविधि सुस्तता र मौसमी कारणहरूको संयुक्त प्रभावले इन्धन खपत घटेको देखिए पनि निगमलाई ठूलो वित्तीय क्षति भने टरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *