Friday, June 05, 2026
Home > विराटनगर समाचार > कोसी प्रदेशसभाको नवौँ अधिवेशन जेठ ६ देखि सुरु हुने

कोसी प्रदेशसभाको नवौँ अधिवेशन जेठ ६ देखि सुरु हुने

विराटनगर । कोसी प्रदेशसभाको नवौँ अधिवेशन जेठ ६ गते बुधबारदेखि सुरु हुने भएको छ। मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा दिउँसो ३ बजेबाट सञ्चालन हुनेछ।

मन्त्रिपरिषद्ले यसै बैठकमा विभिन्न प्रशासनिक निर्णयहरू पनि गरेको छ। जसअनुसार योजना आयोगमा रिक्त सदस्य पदमा नियुक्ति, सचिव सरुवा तथा केही नियमावली र आदेश सम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *