विराटनगर — विराटनगर विमानस्थलमा बुधबार बिहान विमान दुर्घटनाको ‘फूल स्केल’ उद्धार अभ्यास गरिएको छ।
अभ्यासमा काठमाडौंबाट आएको विमान अवतरणका क्रममा प्राविधिक समस्या भई दुर्घटनाग्रस्त भएको काल्पनिक दृश्य तयार पारिएको थियो, जसमा ५५ जना सवार देखाइएको थियो। उद्धार टोली, एम्बुलेन्स र दमकल परिचालन गर्दै घाइतेको उद्धार र उपचार प्रक्रिया प्रदर्शन गरिएको थियो।
परिदृश्यअनुसार ५ जनाको मृत्यु, ६ जना गम्भीर र ३९ जना सामान्य घाइते भएको देखाइएको थियो। यो अभ्यास उद्धार क्षमता सुधार र जोखिम न्यूनीकरणका लागि गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।


