काठमाडौं । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले जवाफ दिनुपर्ने सर्त राख्दै प्रतिपक्षी दलहरू छलफलमा सहभागी हुन तयार भएका छन्।
बुधबार प्रधानमन्त्री अनुपस्थित हुँदा संसद् अवरुद्ध भएको थियो। तर बिहीबारको बैठकमा भने प्रतिपक्षले छलफलमा भाग लिने निर्णय गरेको हो।
प्रतिपक्षले छलफलमा सहभागी भए पनि प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान यथावत राखेको छ। यसबीच संसद्मा संशोधन पेस गर्ने प्रक्रिया र छलफल अघि बढाइएको छ।


