काठमाडौं । नीति तथा कार्यक्रममाथिको छलफलमा नेकपा सचेतक युवराज दुलालले सरकारलाई विद्यार्थी संगठन र ट्रेड युनियनमाथि लगाइएका प्रतिबन्धात्मक निर्णय सच्याउन आग्रह गरेका छन्।
उनले लोकतन्त्रमा संगठनहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन नमिल्ने दाबी गर्दै, आवश्यक भए तिनको भूमिका र सीमा मात्र तोक्न सकिने बताए।
दुलालले राजनीतिक दलहरूले राम्रो काम नगरेको आधारमा दलीय व्यवस्थामै प्रतिबन्ध लगाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न समेत उठाए।
साथै, नीति तथा कार्यक्रमको बुँदा नम्बर १०० मा रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था संशोधन गरी प्रतिबन्धको सट्टा मर्यादित र व्यवस्थित बनाउने प्रावधान राख्नुपर्ने माग उनले गरे।


