Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री संसद्मा अनुपस्थित, नीति तथा कार्यक्रमबारे पुनर्लेखनको चर्चा : सांसद श्रेष्ठ

प्रधानमन्त्री संसद्मा अनुपस्थित, नीति तथा कार्यक्रमबारे पुनर्लेखनको चर्चा : सांसद श्रेष्ठ

काठमाडौं । सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री संसद् बैठकमा अनुपस्थित रहनु नीति तथा कार्यक्रमप्रति असन्तुष्टिसँग जोडिएको हल्ला बाहिर आएको बताएकी छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले उक्त कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग बढ्दै गएको उल्लेख गरिन्। प्रधानमन्त्रीको व्यवहारले पनि पुनर्लेखनको संकेत दिएको आफूलाई लागेको उनले भनिन्।

श्रेष्ठका अनुसार बाहिर प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम मन नपरेकाले संसद्‌मा उपस्थित नभएको चर्चा भइरहेको छ। उनले यो विषय केवल व्यक्तिगत धारणा नभई सार्वजनिक रूपमा पनि उठिरहेको दाबी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *