काठमाडौं । ‘मानवताका लागि एक थोपा रगत, जीवन बचाऔँ’ भन्ने नारासहित आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित रगतको आवश्यकता र स्वैच्छिक रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार रक्त सङ्कलन बढ्दै गए पनि धेरै देशमा सुरक्षित रगतको पहुँच अझै चुनौतीपूर्ण रहेको छ। विशेषज्ञहरूले नियमित रक्तदानमार्फत जीवन बचाउन सबैलाई आह्वान गरेका छन्।


