काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्वासी बस्ती हटाउने क्रममा भएको प्रहरी व्यवहारबारे गृहमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेका छन्।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सुत्केरी महिला र बालबालिकामाथि अमानवीय व्यवहार भएको आरोप लगाउँदै यस्तो संवेदनशील विषयमा कर्मचारी होइन, गृहमन्त्री उपस्थित हुनुपर्ने बताए।
शाहीले गृहमन्त्री अनुपस्थित रहेसम्म समितिमा छलफलको औचित्य नरहने टिप्पणी गर्दै सञ्चारकर्मीलाई बैठकबाट बाहिर निकालिएको विषयमा समेत असन्तुष्टि जनाए।


