Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसद केसीको टिप्पणी– सरकारले नयाँ संसदीय परम्परा बसाल्न खोज्दैछ

सांसद केसीको टिप्पणी– सरकारले नयाँ संसदीय परम्परा बसाल्न खोज्दैछ

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले पुराना संसदीय परम्परा तोड्दै नयाँ अभ्यास सुरु गर्न खोजेको आरोप लगाएका छन्।

राष्ट्रियसभा बैठकमा बिहीबार बोल्दै उनले संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति संसदीय अभ्यासविपरीत भएको बताए। उनले यसप्रति संसद्ले प्रतिवाद गर्नुपर्ने धारणा राखे।

सांसद केसीले प्रधानमन्त्री बालेन शाहको पहिरन शैलीको समेत चर्चा गर्दै “नेपालको राजनीतिमा नयाँ आयाम थप्न खोजिएको हो कि ?” भन्ने प्रश्न उठाए। उनले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा पनि जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *