Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रदीप अधिकारीसँग अख्तियार प्रमुख धम्की कनेक्सनको अनुसन्धान सुरु

प्रदीप अधिकारीसँग अख्तियार प्रमुख धम्की कनेक्सनको अनुसन्धान सुरु

काठमाडौं, ११ चैत — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जना उच्चपदस्थलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकको बयानअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग उनको कनेक्सन देखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकले धम्कीका लागि प्रदीपबाट दुई करोड रुपैयाँ सुपारी लिएको दाबी गरेका छन्। हाल प्रदीप अधिकारीलाई सोधपुछका लागि प्रहरी ल्याइएको छ, तर पक्राउ पुर्जी जारी भएको छैन। अधिकारीले आफूलाई पाठकसँग कुनै सम्बन्ध नभएको बताएका छन्।

पाठकमाथि संगठित अपराध अनुसन्धान भइरहेको छ र उनका अन्य चार मुद्दाहरू समेत रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *