काठमाडौं । नेकपाका सांसद मातृकाप्रसाद यादवले प्रधानमन्त्री बालेन शाहलाई “संशोधन” शब्दसँगै असहजता हुने गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले आफू संशोधन नभई सुझाव दिन उभिएको भन्दै प्रधानमन्त्री संसद्मा अनुपस्थित रहनुलाई त्यसैसँग जोडेर व्यंग्य गरे।
यादवले “प्रधानमन्त्रीलाई संशोधन शब्दबाट एलर्जी छ जस्तो देखिन्छ” भन्दै नीति तथा कार्यक्रममाथिको बहसमा प्रधानमन्त्रीको उपस्थितिमाथि प्रश्न उठाए।


