काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीले छलफल नसुनी पछि जवाफ दिने अपेक्षा गर्नु गलत भएको बताए। प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी सदनबाट बाहिरिने उनले चेतावनी दिए।
साम्पाङले संसदीय अभ्यासलाई सामाजिक उदाहरणसँग तुलना गर्दै “आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नसकिने” टिप्पणी पनि गरेका छन्।


