काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


