Friday, June 05, 2026
Home > विराटनगर समाचार > अनुगमनपछि कर्मचारी अनुपस्थितको समाचारप्रति कोशी अस्पतालको आपत्ति

अनुगमनपछि कर्मचारी अनुपस्थितको समाचारप्रति कोशी अस्पतालको आपत्ति

विराटनगर । कोशी अस्पताल प्रशासनले मोरङ जिल्ला प्रशासन कार्यालयको अनुगमनपछि प्रकाशित कर्मचारी अनुपस्थित सम्बन्धी समाचारप्रति आपत्ति जनाएको छ।

अस्पतालका मेसु डा. रामनारायण चौधरीले विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको दाबी गलत भएको स्पष्ट पारेका छन्।

उनका अनुसार अस्पतालमा ओपीडी, आईसीयू, शल्यक्रिया लगायत विभिन्न युनिटमा सिफ्ट प्रणालीमा सेवा सञ्चालन हुने भएकाले बिहान गरिएको अनुगमनले वास्तविक उपस्थिति नदेखाएको हो।

अस्पताल प्रशासनले ई–हाजिरी प्रणाली र सिफ्ट ड्युटीलाई नबुझी प्रकाशित समाचारले स्वास्थ्यकर्मीको मनोबलमा असर पारेको भन्दै ध्यानाकर्षण समेत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *