Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > १० महिनामा विकास खर्च २८% मात्र, सरकारको आम्दानी–खर्चबीच डेढ खर्ब घाटा

१० महिनामा विकास खर्च २८% मात्र, सरकारको आम्दानी–खर्चबीच डेढ खर्ब घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा सरकारले विकास खर्च अपेक्षाकृत कमजोर देखिएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख मसान्तसम्म पूँजीगत खर्च १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ मात्र पुगेको छ, जुन वार्षिक लक्ष्यको २७.९१ प्रतिशत हो।

यस अवधिमा कुल सरकारी खर्च ११ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ भने आम्दानी कर, गैरकर र अनुदानसहित १० खर्ब १२ अर्ब रुपैयाँ मात्र भएको छ। यसले सरकारको खातामा करिब डेढ खर्ब रुपैयाँ घाटा देखिएको छ।

सरकारले विकास खर्च बढाउने लक्ष्य राखे पनि वर्षको अन्त्यतिर मात्र खर्च तीव्र हुने पुरानै प्रवृत्ति दोहोरिने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *