काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ।
शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढ्दै २,७३१.९४ विन्दुमा पुगेको छ। बजारमा कुल ३ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
३३८ कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीको मूल्य बढेको, १२० को घटेको र बाँकी स्थिर रहेको नेप्सेले जनाएको छ।
बजारमा मिश्रित प्रदर्शन भए पनि केही डिबेञ्चर र ऊर्जा कम्पनीहरूको सेयर मूल्य उल्लेख्य रूपमा बढेको देखिएको छ।


