काठमाडौं । कलंकीस्थित शहीद मेमोरियल अस्पतालका करिब ४० स्वास्थ्यकर्मी उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको तलब नपाएको र लामो समयदेखि श्रम शोषण भएको आरोप लगाउँदै आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्।
उनीहरूले मासिक करिब १९ हजार रुपैयाँ मात्र तलब पाउँदै आएको भन्दै पटक–पटक माग राखे पनि सुनुवाइ नभएको बताएका छन्।
माग पूरा नभएसम्म काममा नफर्किने अडानसहित उनीहरूले अस्पताल परिसरमै धर्ना जारी राखेका छन्।


